पथरीमा १३ वर्षीय बालिका बलात्कृत

असोज २५, पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.१० कि १३ बर्षीय वालिका बलातकृत भएकी छिन ।
असोज २३ गते मंगलवार साझ ५ वजे तिर घर वाट निस्कीएकी वालिका बुधवार दिउसो २ वजे तिर घर फर्किएपछि उनि बलात्कृत भएको थाहा भएको थियो । मंगलवार साझ पुलचौक निवासी उनकी साथी विपना महराले आज मेरो जन्मदिन हो जन्मदिनको पार्टि छ साथिलाई लिएर जान्छु भनेर बालिकालाई घरमा नै आएर वोलाएर लगेको तर वालिका घर नर्फकेको वालिकालाई संरक्षण दिदै आएकी सरिता राईले वताएकी छिन् ।
घर वाट साथि सग निस्कीएकी वालिका वाटो वाट भने अन्य थप २ जना केटाको साथमा वाटो लागेको वालिकालाई खाज्ने क्रममा हो हल्ला हुदा स्थानियले वताएपछि उनलाई संरक्षण दिदै आएकी राई आश्र्चयमा परेको वताउछिन ।

रात भरी खोजि गर्दा कतै पत्ता नलागे पछि भोलि पलट विहान बिपना महराको घरमा खोज्न जादा विपनाको परिवारले दुई केटा संग गएको र एउटालाई आफुले चिन्ने भनेर भनेपछि स्थानिय राजकुमार माझीकोमा गएर सोधिखोजि गर्दा माझीले हप्कादप्काई गरेको पिडित बालिकाकी छिमेकी उर्मीला नेपालीले बताईन ।
जव वालिका दिउँसो अर्धचेत अवस्थामा घर फर्किन तव उनको बलात्कार भएको पार्ईएको थियो । मंलवार साझ घरवाट निस्कीएकी वालिका बुधवार दिउसो आफै घर फर्किदा उनको अवस्था नाजुक देखेपछि स्थानियले सोधिखोजी गर्दा बालिकाले आफु वलात्कृत भएको वताएकी थिईन ।

विपना सग जन्मदिनका लागि घरवाट निस्कीएकी वालिका जन्मदिनको पार्टिमा पुगिनन् उनि त्याहा वाट साथिको साथ लागेर हिडेपछि साथिले आफुलाई स्थानिय पथरीको जङगलमा २ जना केटाहरुको साथमा लगेको र आफुलाई १ जनाले जवरजस्ती मादक पदार्थ खुवाएपछि आफुलाई नराम्रो काम गरेको वालिकाले बताईन त्यसपछि आफुले केहि थाहा नपाएको भनेर पिडित वालिकाले वताएको स्थानिय उर्मीला नेपालीले वताईन ।
पिडित बालिकाले दिएको जानकारीको आधारमा २ जनालाई घरमै गएर प्रहरीको सहयोगमा पक्राउ गरिएको छ ।

उनिहरुलाई देखेपछि अचानक बेहोश भएकी पिडित वालिकालाई प्राथमिक उपचारका लागि स्थानिय पथरी हस्पिटलमा उपचार गराउनका लागि भर्ना गरिएको थियो । हस्पीटलको प्राथमीक उपचार पछि थप स्वास्थ परिक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।
घटनामा सम्लग्न पथरीशनिश्चरे वडा नं ९ का राजकुमार माझी र पथरीशनिश्चरे वडा नं १ का मनोज राईले लाई पुर्पक्षका लागि ईलाका प्रहरी कार्यालय पथरीमा राखिएको र उनिहरुले करणी गरेको प्रमाणित भए उनिहरुलाई जवरजस्ती करणी अन्र्तगत मुद्दा चलाईने ईलाका प्रमुख कमल बजगाएले जानकारी दिएका छन । पिडित बालिकाकी साथीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । बलत्कारीलाई पहिले छिमेकीले घरमा गएर बालिकाको बारेमा सोध्दा आफुहरुले नचिन्ने भन्दै हप्काएको र पछि बालिकाले उनिहरुलाई देख्ने बितिकै भाग्न खोजेको वताईएको छ ।
आमा अर्कै संग पोईला गएकी र बाबू अर्काकोमा हली बस्दै आएकाले पिडित बालिका मामल बस्दै आएकी थिन । तर केही समय देखि छिमेकीको घरमा बस्दै स्थानिय स्कुलमा कक्षा ६ मा अध्यायन गर्दै अएकी थिईन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *