जलथललाई हराउँदै काँकरभिट्टा फाइनलमा

२६ असोज, बिर्तामोड । काँकरभिट्टा फुटबल स्पोर्टिङ क्लब बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जलथल फुटबल क्लबलाई २–० गोलअन्त रले पाखा लगाउदै काँकरभिट्टाले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा काँकरभिट्टाका तर्फबाट दुबै गोल कप्तान पर्शु राईले गरे । उनले दोस्रो हाफको १२ औँ र २८ औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

राई खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे । यस अघिको  खेलमा  भने काकरभिट्टा सताक्षीधाम स्पोर्टिङ क्लब झिलझिलेसँग ३–१ ले पराजित भएको थियो । तर, झिलझिलेले १६ वर्षभन्दा माथिका खेलाडी खेलाएको भन्दै काँकरभिट्टाले छानबिनका लागि आयोजकसामु निवेदन दिएको थियो । झिलझिलेले आवश्यक प्रमाण उपलब्ध गराउन नसकेपछि आयोजकले काकरभिट्टालाई नै विजेता घोषित गर्दै सेमिफाइनलमा पुर्याएको थियो ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा दमक स्पोर्टिङ क्लब र कलम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था हाम्रो एकता युवा समाजका सचिव लक्ष्मीप्रसाद घिमिरेले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *