नेपाल भर्सेस सिंगापुर टी ट्वान्टी क्रिकेट : नेपालको ब्याटिंग शुरुहुँदा वर्षा भयो

काठमाडौं । मलेसियामा जारी विश्व कप एसिया छनोट अन्तगर्तको बी समूहको छनोट प्रतियोगिताको अन्तिम खेल वर्षाका कारण रोकिएको छ । ८२ रनको लक्ष्य पाएको नेपाल मैदानमा उत्रिँदा पानी परेको हो ।

नेपाले तीन बलमा १ रन बनाउँदा १ विकेट गुमाएको अवस्थामा पानी परेको हो ।

यो खेल जिते वा बराबर भए वा रिजल्ट नआए पनि नेपालले उपाधि जित्नेछ । नेपाल उपाधि नजिक पुगेको छ ।

टस जितेर पहिला फिल्डिंग गरेको नेपालले सिंगापुरलाई ८१ रनमा अलउाट गर्दै उपाधिको सम्भावना बलियो बनाएको हो ।

नेपालका लागि सबैभदा सफल बलर एकपटक फेरि सन्दीप लामिछाने बने । उनले ३.३ ओभरमा १६ रन दिएर ४ विकेट लिए । यस्तै सोमपाल कामीले नेपालका लागि शुरुआती दुई विकेट लिएका थिए भने करण केसीले एकै ओभरमा दुई विकेट लिएर सिंगापुरलाई सस्तैमा समेट्न योगदान पुर्याएका थिए । यस्तै ललितनारायण राजवंशीले एक र बसन्त रेग्मीले पनि एक विकेट लिए ।

मलेसियाको क्वाललम्पुरस्थित वायुमास ओभल मैदानमा नेपालले टस जितेर सिंगापुरलाई पहिला ब्याटिंगको निम्तो दिएको छ ।
आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित भण्डारीलाई आराम दिएको छ ।

नेपालको ब्याटिंगमा विनोद भण्डारी, पारस खड्का र दिपेन्द्र सिंहको नेतृत्व हुने अपेक्षा गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *