टि-ट्वाण्टी छनौट: नेपालले पायाे ८२ रनकाे लक्ष्य

मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनकाे लक्ष्य दिएकाे छ ।

एस चन्द्रमाेहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र करण केसीले २–२ विकेट लिँदा ललित राजवंशी र बसन्त रेग्मीले एक–एक विकेट हात पारे ।

एकपछि अर्का सफलता प्राप्त गरिरहेका नेपला स्टार लेग स्पीनर सन्दीप लामिछानेले मलेसियामा चम्किा एक महत्वपूर्ण राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

मलेसियामा शुक्रबार सम्पन्न भएको आईसीसी वल्र्डकप टटी ट्वान्टी एशिया बीको छनोट प्रतियोगितामा ६ वटा खेलबाट २४ विकेट लिँदै नेपालका लागि एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बनेका हुन् । यसअघि यो राष्ट्रिय कीर्तिमान बसन्त रेग्मीको नाममा थियो जसले २१ विकेट लिएका थिए ।

मलेसियामा रहँदा सन्दीप ३ पटक म्यान अफ दि म्याच भइसेका छन् भने शुक्रबारको खेलमा पनि उनले सो पुरस्कार पाउने सम्भावना छ ।
सन्दीपले म्यानमारविरुद्धको खेलमा २ ओभर बलिंग गर्दै ३ रन  दिएर ४ विकेट लिएका थिए । यस्तै भुटानविरुद्धको खेलमा ४ ओभर बलिंग गर्दै ६ रन दिएर ३ विकेट लिए ।

सन्दीप लामिछानेको अर्काे कीर्तिमान

मलेसियासँगको खेलमा उनी झनै आक्रमक देखिए । सो खेलमा उनले ४ ओभर बलिंग गर्दै  २० रन ५ विकेट लिए । चीनसँगको खेलमा ४ ओभरमा ४ रन दिएर ३ विकेट लिए ।

यस्तै थाइल्याण्डसँगको खेलमा उनले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिए। यस्तै शुक्रबारको खेलमा उनले  सिंगापुरविरुद्ध  ३.३ ओभरमा १६ रन दिएर ४ विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *