एपीएफ र हिमालयनले अंक बाँडे

काठमाडौं ।  पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार भएको खेलमा हिमालयन र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।

लिग अन्तर्गत आजै ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *