बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या

२८ असोज, बारा ।  बारामा ५ वर्षका बालकको अपहरणपछि हत्या भएको छ । गएको बुधबार अपहरणमा परेका  सिम्रौनगढ नगरपालिका ३ नयका टोलका धनेश्वर राय यादवको ६ वर्षका छोरी दीपकको शव भेटिएको हो ।

हराएको ४ दिनपछि बालकको शव गएराती गाउँ नजिकैको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरणको आरोपमा स्थानीय १७ वर्षका हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीहरुले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *