दशैँमा गृह जिल्ला आउँदा स्वास्थ्य शिविर

शान्तिनगर । नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माको पहलमा बुद्धशान्ति गाउँपालिकामा भएको एक दिने स्वास्थ्य शिविरमा ११ सय बढीले उपचार सेवा लिएका छन् ।

प्रबक्ता शर्माको अगुवाई तथा नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँपालिका समिति र क्षेत्रीय समिति क्षेत्र नं. १ को आयोजनामा बुद्धशान्ति–४ गुराँस बस्तीस्थित सामुदायिक भवनमा शनिबार स्वास्थ्य शिविर भएको हो ।

शिविरमा १ हजार १ सय ३१ जनाले उपचार सेवा लिएको स्वास्थ्य शिविर आयोजक समिति संयोजक खड्गबहादुर पन्धाकले लोकतन्त्र पोस्टलाई जानकारी दिए ।

उनका अनुसार शिविरमा वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानका बिशेषज्ञ चिकित्सक समूहले बिरामीको उपचार गरेका थिए ।

शिविरमा स्त्री रोग, यौन तथा छाला रोग, नाक कान घाँटी सम्बन्धी रोग र जेनेरल फिजिसियन सम्बन्धी बिशेषज्ञ चिकित्सकहरुले बिरामीको चेक जाँच गरेका थिए ।

दशैं पर्वका बेला गृह जिल्ला आउँदा नेता शर्माले सकारात्मक सन्देश प्रवाह हुने गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा निःशुल्क प्रादन गर्दै शिविरको आयोजना गरेका हुन् ।

शिविरमा उपचारका लागि आएका सबैलाई चिकित्सकको सिफारिस बमोजिमका सबै औषधी निःशुल्क बितरण गरिएको शर्माले लोकतन्त्र पोस्टलाई बताए ।

शिविरका लागि १२ लाख बढीको औषधी ब्यवस्थापन गरिएको भए पनि ७० प्रतिशत औषधी बितरण गरिएको र बाँकी औषधी तत्कालै अर्को शिविर आयोजना गरी बितरण गरिने कार्यक्रमका संयोजक पन्धाकले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *