नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु कात्तिक

४ असोज, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको उहा“ले बताउनुभयो ।

बसको बत्ती मधुरो  रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक  थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र  ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको उहाँले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *