स्थानीयले गरे दूधे-शिवगञ्ज सडक अनिश्चितकालका लागि बन्द

कात्तिक ८, दूधे । पूर्वपश्चिम राजमार्गसँग जोडिने झापाको दूधे-शिवगञ्ज सडक स्थानीयले अनिश्चितकालका लागि बन्द गरेका छन्।

दुई वर्षमा कालोपत्रे हुनुपर्ने गरी सुरू गरिएको सो सडक ५ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीय दूधे बजारवासीले सो सडक बन्द गरेका हुन्।

दूधे बजार क्षेत्रको सो सडकमा ३ ठाँउ बास तेस्र्याएर स्थानियवासीले बन्द गरेका दूधे बजार विकास समितिका अध्यक्ष गणेश खरेलले जानकारी दिए ।

सो सडक बन्द भएपछि दूधेबाट दक्षिण गाँउतिर जाने सबै यातायात साधनका यात्रु प्रभावित भएका छन्। यातायात बन्दले दसैं मानेर कार्यक्षेत्र फर्किने अधिकांश सर्वसाधारण मारमा परेका छन्। व्यवसायीले दूधे बजारको पूर्व र पश्चिम क्षेत्रको गल्लीबाट यातायात सञ्चालन गरिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *