पोखरा प्रिमियर लिग शुक्रबारबाट पाेखरामा शुरू : विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्दै

९ कार्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा  शुरू भएकाे छ ।

पोखरा रंगशालामा  शुरु  पहिलाे खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे  विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टन भिड्दै छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *