कोसी राजमार्ग चीन जोडिन २३ किमि बाँकी

९ कात्तिक, मोरङ । दक्षिणमा भारतस ँग जोडिएको कोसी राजमार्ग अब उत्तरी सिमाना चीन जोडिन २३ किमि बा ँकी छ । मोरङको रानीबाट सुरु भएको यो सडक उत्तरमा संखुवासभाको किमाथांकासम्म पुग्नेछ ।

जम्मा तीन सय ९० किमिमध्ये तीन सय ६७ किमि ट्रयाक खोलिसकिएको उत्तरदक्षिण (कोसी) सडक आयोजनाका प ्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए । ०६५ मा खा ँदबारीमा स्थापना भएको उत्तर–दक्षिण (कोसी) सडक योजनाले खा ँदबारीदेखि किमाथांका नाकासम्मको सडक मात्रै हेर्छ । खादबारी  सम्म सार्वजनिक सवारी चलिरहेको छ ।

खादबारीबाट  ८० किमि उत्तर वरुण नदीसम्म पनि यातायातका साधन सञ्चालनमा छन ् । खा ँदबारी–किमाथांकाको दूरी एक सय ६२ किमि छ । त्यसमध्ये १ सय ४४ किमि ट्रयाक खोलिसकिएको ज्ञवालीले जानकारी दिए । प ्रमुख इन्जिनियर ज्ञवालीका अनुसार वर्षा सकिएस ँगै चाडपर्व आएकाले तीव ्र गतिमा काम हुन सकेको छैन । उनले भने, ‘अब चाडपर्व सकिएपछि कामले गति लिनेछ ।’

वरुण नदीभन्दा उत्तर ३४ किलोमिटर सडक पनि ग्राभेल भइसकेको छ । तर, यातायात सञ्चालन खुला गरिएको छैन । वरुण नदीदेखि किमाथांकासम्मको सडकलाई चार खण्डमा बा ँडेर काम अगाडि बढाइएको ज्ञवालीले बताए ।

उनका अनुसार वरुण–सिम्बुङ, सिम्बुङ–हटिया, लिंगगाम–चेपुवा, चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान– गीताञ्जली कन्स्ट «क्सन (जेभी) ले काम गरिरहेको छ । किमाथांकादेखि चेपुवातर्फ आउने सडकखण्डको ट्रयाक खोल्न शर्मा एपेक्स कान्छाराम कन्स्ट «क्सनलाई
ठेक्का दिइएको छ । राष्टि «य गौरवको यो आयोजनामा हालसम्म दुई अर्ब ११ करोड रुपैया ँ खर्च भइसकेको छ । आर्थिक वर्ष ०७५÷०७६ का लागि ४७ करोड बजेट विनियोजित भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *