चर्चित गायक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण

२६ कात्तिक, मोरङ । चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ । बेलबारी नगरपालिकामा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

काँकडभित्ताबाट धरान जाँदै गरेको मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा श्रेष्ठलाई कुटपिट हुन् । सिटकाे विषयमा विवाद हुँदा घटना भएकाे हाे । प्रहरीका अनुसार गायक श्रेष्ठलार्इ गाडीका सहचालक र कन्डक्टरले धकेलेकाे स्विकारेका छन् । गायक श्रेष्ठ भने अाफूमाथि अाक्रमण भएपछि प्रहरी चाैकी पुगेका थिए ।

प्रहरीले गाडी र गाडीका चालक निरन घिमिरे र सहचालक श्रेष्ठलाई पक्राउ गरेको छ। कन्डक्टर रोशन श्रेष्ठलाई प्रहरीले खोजिरहेको छ । श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । श्रेष्ठका ‘छपनीले छान छान, डबकीले हान’, कहाँमा काट्यो बेतको लौरी, सिमसिम पानी कान्छी नानीलगायतका गीत चर्चित छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *