टोटनह्यामकाे शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ   ।

लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको छ । नयाँ सिजनको पहिले खेलमा जित हात पारेको म्यान्यूले दोस्रो खेलमा ब्राइटनसँग पराजित भएको थियो ।

साेमबार राति भएको तेस्रो चरणको  खेलमा नै युनाईटेड टोटनह्यामसँग तीन शून्यले पराजित भएपछि लिग तालिकामा १३औ‌ स्थानमा पुगेको छ ।

यो सिजनको सुरुवात देखि नै राम्रो लयमा नदेखिएको युनाईटेड साेमबार राति टोटनह्यामसँग पराजित हुँदा प्रशिक्षक जोजे मोउरिन्होको आलोचना झन बढेको छ । स्टार खेलाडीले भरिएको युनाईटेड विरुद्ध टोटनह्यामले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।तर दुई मिनेट भित्र दुई गोल गर्दै टोटनह्यामले युनाईटेडलाई स्तब्ध बनायो । ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा लुकास मोउराले टोटनह्यामको अन्तर दुई शून्यमा पुर्‍याए ।

दुई गोलले पछि परेको युनाईटेड विरुद्ध ८४ औं मिनेटमा टोटनह्यामले अर्को गोल थप्यो । यसपटक ह्यारी केनको पासमा लुकासले नै गोल गर्न सफल भए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *