एम्बुलेन्सको ठक्करबाट बालकको ज्यान गयो

२८ कात्तिक, डोटी । दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टले दिनु भएको जानकारी अनुसार डोटीको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा शैलेश्वरी अस्पतालकै निर्देशक आईजंग कुँवरका ८ वर्षीय छोरा ईशान कुँवरको ज्यान गएको हो ।

मंगलबार साँझ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ईशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा कैलालीमा ज्यान गएको हो ।

एम्बुलेन्स ब्याक गर्ने क्रममा बालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्देशक कुँवरका छोराको ज्यान गएपछि अहिले दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल बन्द गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *