लाग्न छाड्यो नगरपालिकाको भर , तत्काल बाटो निर्माण गर , नारा सहित हिजोदेखि झापा रोड अनिश्चितकालिन बन्द

२९ कात्तिक, सुरुङ्गा । झापाको पुरानो सदमुकाम झापा कुमरखोद जाने एकमात्र अमरपथ सडकखण्ड क्षेत्रका बासिन्दाले सडकको धुलोले घर पुरिएको भन्दै हिजो  बिहानदेखि यस क्षेत्रका बासिन्दाले अनिश्चितकालिन सडक बन्द गराएका छन ।
सुरुङ्गा , शरणामती , कामाटोली हुदै झापाको पुरानो सदरमुकाम कुमरखोद झापाबजार जाने अमरपथ सडकखण्डमा सुरुङ्गा , टप्पु लगायातका स्थानमा सडक अवरोध र आगो बालेर विहानैदेखि सर्वसाधरणले सडक अवरुद्ध गरेका हुन ।

उनीहरुले आफ्नो विरोधलाई रचनात्मक बनाउनका लागि विरोधको नारा समेत बाटोमा कवितामै लेखेका छन ।

लाग्न छाड्यो नगरपालिकाको भर ,
तत्काल बाटो निर्माण गर ,
जनताको स्वास्थ्यमाथि खेलबाड नगर
धुलो र धुवाले पुरियो हाम्रो घर

जिल्लामा ठुला नेता भएका क्षेत्रमा दिनभरमा मुस्किलले २ वटा ट्क्याटर गुड्ने सडक रातारात कालेपत्रै भइसके तर झापाकै पुरानो सदरमुकाम जाने र दिनमै ५ सय वढी सवारी साधन गुड्ने यस अमरपथ सडकको हालत भने यस्तो छ ।

स्मरण छ , यसअघि निर्वाचन जित्ने नेताहरुले यहि अमरपथ सडक बनाउने भन्दै भोट जित्दै आएका छन भने पछिल्लो समयको संघिय र प्रदेशसभाको आकर्षक चुनावी गित सुरुङ्गादेखि झापा बजार जोडने अमरपथ चार लेनको बाटो गित ज्यादै चर्चित बनेको थियो । अमरपथ सडक खण्डको वारेमा गितै बनाएर भोट मागेर निर्वाचन जितेपछि मतदाताले समेत विरोधका लागि सडकमा कविता लेखेर टागेरै विरोध जनाउनु परेको अर्का स्थानीयवाशी माधव भेट्वाल बताउछन ।

अमरपथ सडक यसरी हिजो विहानैदेखि अवरुद्ध हुदा यस क्षेत्रहुदै हिड्ने हज्जारौ स्थानीयवाशी मर्कामा परेका छन । सडक खुलाउन सशस्त्र र जनपद प्रहरीको टोली परिचालन गरिएपनि सम्भव भने भएको छैन । झापाको सुरुङ्गा दक्षिण हुदै नेपालको सिमा लसुना जोड्ने २४ किलोमिटर सडक पटक पट्क कालोपत्रे भएपनि कमसल कालोपत्रे गरिदा ६ महिना नपुग्दै भत्किएर पिचलाई फेरि ग्राभेल बनाइदै आएको छ । बनिसकेको पिचबाटोलाई विग्रिदा टालटुल गर्नुको सट्टा पुन ग्राभेल गरिएपछि ठेकेदार कम्पनी र केहि मजदुरलाई रोजगारी दिन र सरकारको पैसा सक्न यस्तो हर्कत गरिएको आरोप स्थानीयको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *