सिगारिदै डोमालाल राजवंशी रंगशाला

 

३० कात्तिक, बिर्तामोड । झापाको विर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालालाई शृृंगार गर्ने काम भइरहेको छ ।

वर्षायाममा पलाएका घाँस पात काटेर चिटिक्क पारिँदैछ । मंसिर ४ गते नेपथ्य ब्यान्डको विशेष प्रस्तुतिका लागि उक्त रंगशालालाई झकिझकाउ गर्ने काम भइरहेको छ ।

दिनहुँ जस्तो हुने सवारी साधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि उक्त दिन नेपथ्य ब्यान्डलाई निम्तो गरिएको छ । साँझ हुने चेतनामूलक सांगीतिक प्रस्तुतिका लागि व्यवस्थापनको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।

महाअभियानलाई प्रभावकारी रुपले सम्पन्न गर्न आवश्यक सबै तयारी धमाधम भइरहेको आयोजक समितिले जनाएको छ । महाअभियानको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालकै चर्चित लोकरक सांगीतिक ब्यान्ड नेपथ्य आउने भएको छ ।

प्रदेश नम्बर १ का प्रमुख सहरलाई दुर्घटनामुक्त बनाउने उद्देश्यले महाअभियानलाई साथ दिन नेपथ्य ब्यान्ड टोली आउने भएको हो । ब्यान्डले दुई घण्टा आफो प्रस्तुति दिनेछ । अभियान सहारा नेपालको संयोजन तथा विभिन्न स्थानीय संघसंस्थाहरुको सहयोगमा हुने भएको छ । अभियानको शुभारम्भ डोमालाल राजवंशी रंगाशालामा हुँदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *