तेस्रो पाथिभरा गोल्डकपमा राष्ट्रिय जागृती क्लव इटहरी र युनाइटेड खर्साङ फुटवलक्लव दार्जिलिङ भिड्दै

ताप्लेजुङ्ग । ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगितामा आज राष्ट्रिय जागृती क्लव इटहरी र युनाइटेड खर्साङ फुटवल क्लव दार्जिलिङ भारत भिड्दैछन् । दिउँसो २ बजेपछि सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा यी दुई क्लब सेमीफाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

जारी प्रतियोगितामा यी दुवै टोलीको यो पहिलो खेल हो । विजेता टोलीले आगामी बिहीबार पहिलो सेमीफाइनलमा रेड स्टार क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि, सोमबार सम्पन्न प्रतिस्पर्धाबाट न्यू स्टार क्लव झापा सेमीफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली कर्णसिंह सोनाम स्पोर्टिङ क्लब ताप्लेजुङलाई १–० गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *