ए डिभिजन लिग: मनाङ र मच्छिन्द्र तथा आर्मी र बीबीसी भिड्दै

२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग विहान ११ बजे प्रतिस्पर्धा गर्दै छ ।

आर्मी लिगको चौथो स्थानमा र बीबीसी ११औं स्थानमा छन् । ६ खेलबाट चार खेलमा जित र दुई खेलमा बराबरी गरेको आर्मी आजको खेलमा जित हात पार्दै उपाधि दौडमा आफ्नो यात्रालाई निरन्तरता दिन चाहन्छ । बीबीसी भने आर्मीलाई रोक्ने प्रयासमा छ ।

त्यस्तै, एन्फा कम्प्लेक्समै आज हुने अर्को खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ । साढे दुई बजे हुने खेलमा लिग लिडर मनाङ स्पष्ट जितको खोजिमा हुनेछ । जितविहीन मच्छिन्द्र भने मनाङलाई रोक्ने दाउमा छ ।

लिगको शीर्ष स्थानमा रहेको मनाङको ६ खेलबाट १८ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *