आमा झारफुकमा गएको बेला घर जल्यो, तीन बालबालिकाको मृत्यु

२८ मंसिर, दाङ । बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ ।

बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

नवराजकी श्रीमती जीवना १६ महिनाको छोरालाई लिएर बाहिर गएका बेला आगो लागेको छिमेकीले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *