पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

३ पुष, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । ९३ वर्षीय गिरीको मंगलबार बिहान  ६ बजे  बूढानीलकण्ठस्थित  निवासमा निधन भएको उनकी श्रीमती सराहा गिरीले जानकारी दिएकी छिन् ।

गिरी लामो पछिल्लो समय कलेजोको क्यान्सर, मुटु रोग र हाड सम्बन्धी  रोगबाट पीडित रहेको श्रीमती सराहाले बताइन् ।

नेपाली राजनीतिमा लामो इतिहास बोकेका गिरी धनुषामा जन्मिएका हुन् ।  भएका  वि. सं.२०१७ सालअघि कांग्रेस राजनीतिमा सक्रीय रहेका गिरी २०१७ मा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि २०१९ देखि २०२१ सम्म मन्त्रिपरिषद अध्यक्ष बनेका गिरी थिए ।

२०३२ देखि २०३४ सम्म नेपालको प्रधानमन्त्री बनेका उनी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सत्ता हात लिएका बेला मन्त्रिपरिषद् उपाध्यक्ष बने ।  राजतन्त्रको अन्त्य भएपछि गिरी राजनीतिमा निस्क्रिय थिए ।
गिरीको पार्थिव शरीरलाई मंगलबार १२ बजेपछि निवासमै श्रदाञ्जलीका लागि राखिने र  त्यसपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *