झापामा यसवर्ष धान उत्पादनमा वृद्धि

झापा, पुष ३ । झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिनुभयो ।

धान उत्पादन वृद्धि सँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ । अघिल्लो वर्ष ४ दशमलब ६९ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । यस वर्ष ४ दशमलब ८ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको बताइएको छ । उन्नत बीउ, आधुनिक प्रविधि, किराको प्रकोपमा कमीका कारण यस वर्ष उत्पादनमा बढेको हो ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्न उपयुक्त मानिएको छ । जसमा यस वर्ष ८७ हजार ६२ दशमलब ५ हेक्टरमा धान लगाइएकोमा ७ लाख १७ हजार ९ सय मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष सोही क्षेत्रफलमा ४ लाख १० हजार ३ सय ७५ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ । झापामा सर्ना, रञ्जित, बासमती, राधा १२, सुख्खा १ र ३, मनसुलीलगायत जातका धान लगाइन्छ ।

सरकारले झापामा सुपर जोन कार्यक्रम घोषणा गरेको छ ।
यससँगै झापामा धान उत्पादनको क्षेत्र प्रत्येक वर्ष बढ्दो छ । सुपर जोन कार्यक्रम झापाको बनियानी, गोल्डुवा पाठामारी, पथरिया, बालुबाडी, केचना र पृथ्वीनगर लगायत क्षेत्रमा लागू गरिएको छ । प्रत्येक वर्ष धान उत्पादनमा बृद्धि भएपनि उचित मूल्य पाउन नसकेको गुनासो किसानले गरेका छन् ।

Read more at: http://jhapatimes.com/news-details/1704/2018-12-18
Follow us: @jhapatimes on Twitter | @jhapatimes on Facebook

Leave a comment

Your email address will not be published. Required fields are marked *