दाङमा विद्यार्थी बोकेको बस दुर्घटना : २२ को मृत्यु, १५ घाइते (अपडेट)

दाङ : कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय दाङका शिक्षक विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । ३७ जना सवार बस दुर्घटना हुहँदा १५ जना घाइते भएका छन् ।

घोराहीमा भर्खरै मात्र सञ्चालन आएको सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका बोटनी विषय अध्ययनरत विद्यार्थी प्रगोगात्मक अध्ययन सकेर सल्यान पुगेर फर्कँदै गर्दा बस दुर्घटना भएको हो।

बोटनीको अध्ययनको लागि सल्यानको छायाक्षेत्र पुगेर फर्किँदै गरेको बस दुर्घटना भएर शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको  विद्यालयका प्राचार्य यादव सुवेदीले बताए।

मृत्यु हुने चारजना महिला १८ जना पुरुष रहेको दाङ प्रहरीले जनाएको छ। तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर-३ राम्रीमा बस सडकदेखि करिब ७ सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बस भाडामा लिएर शिक्षालयका विद्यार्थी शैक्षिक अध्ययनको लागि सल्यानको छायाक्षेत्र, कपुरकोटमा रहेको मुलपानी वनस्पति उद्यानमा गएका थिए। मृतकको राति अबेरसम्म पनि सनाखत हुन सकेको छैन।

घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर र नेपालजञ्जमा उपचार भइरहेको छ। रप्ती अस्पतालमा उपचार हुन नसकेपछि चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस टुक्रा टुक्रा भएको छ। सडकबाट अग्लो भीरमा बजारिँदै खोल्सामा झरेको बसबाट १७ जनाको शव फेला परेको उनले बताए । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी खटेका थिए। बसमा ३३ जना विद्यार्थी, २ जना शिक्षक र दुई जना गाडीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा परेका १५ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमा जुम्ला तातोपानी गाउँपालिका १५ का वर्ष १८ कि हिमाली हमाल, चन्दनाथ गाउपालिका ३ बस्ने वर्ष १६ का कुशेन्द्र खत्री, जुम्ला चन्दनाथ २ का वर्ष १७ का जीवन भण्डारी, दाङ घोराही उपमहानगरपालिका १५ रतनपुर की वर्ष १७ की समीक्षा रोकाया, घोराही १९ स्यूजा बस्ने वर्ष १७ की मेनुका रिजाल, अछाम मंगलसेन नगरपालिकाका वर्ष १८ को विक्रम भण्डारी रहेका छन् ।

त्यसैगरि रुकुम त्रिवेणी गाउँपालिका ३ वर्ष १६ का प्रेमबहादुर खड्का, पर्शा रोकाया, अछाम मंलगसेन नगरपालिकाका वर्ष १९ का युवराज ढुंगाना, रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने वर्ष १६ की रोजिना पुन, दाङ घोराही १४ का  वर्ष १८ को सन्जय खनाल, रुकुम अर्माका वर्ष १९ का राजन डाँगी, अछाम मंगलसैन नगरपालिका-५ का भद्र विष्ट, रोल्पाका प्रकाश वली रहेका छन्। एकजना पुरुषको घाइतेको परिचय नखुलेको दाङ प्रहरीले जनाएको छ।  दुर्घटनाको कारण खुल्न सकेको छैन भने चालकको समेत पहिचान हुन सकेको छैन।

Leave a comment

Your email address will not be published. Required fields are marked *