गाेरखाकाे आगाे ५५ घण्टापछि नियन्त्रणमा

११ पुस, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा लागेको आगो झण्डै ५५ घण्टापछि निभाइएको छ ।

दाउरा संकलनका लागिसमेत प्रतिबन्ध लगाइएको जंगलमा आइतबार बेलुकी आगो लागेको थियाे । स्थानीयबासी र प्रहरीले बुधबार बिहान आगो निभाएका हुन् । आगोमा जलेर केही दुर्लभ जातका कस्तुरी मरेका छन् भने त्यस क्षेत्रमा रहेका धूपी, भोजपत्र लगायतका बहुमूल्य जडीबुटीह नष्ट भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *