मोवाइल फोन प्रयोगबाट लाग्ने रोगका लागि ‘इन्भाइरो चिप’

१५ पुस, झापा । मोवाइल प्रयोग गर्दा मानव शरीर स्वास्थ्यलाई पर्ने असरका लागि इन्भाइरो चिप प्रयोग गर्नुपर्ने ब्रज युनिभर्सलका प्रवन्ध निर्देशक वसन्त जोशीले बताएका छन् ।

झापाको बिर्तामोडमा युनिभर्सलको आयोजना तथा ईष्टर्न स्याटलाइट बिर्तामोडको सहकार्यमा शनिबार आयोजित सेमिनारमा निर्देशक जोशीले मोवाइल प्रयोग गर्दाका फाइदा र वेफाइदाका विषयमा जानकारी गराएका थिए ।

उनले एक घण्टामा ६ मिनेटमात्र फोनमा कुरा गर्नुपर्ने, एयर फोनको प्रयोग गर्नु पर्ने, कानमा टाँसेर फोन गर्न नहुने, लाउड स्पीकरमा कुरा गनुपर्ने, मोवाइललाई शरिरबाट टाढा राख्नु पर्ने लगायतका उपायहरु बताएका थिए ।

त्यसको एउटा उपाय इन्भाइरो चिप भएकाले मोवाइल प्रयोग कर्ताले त्यसको प्रयोग गर्न आवश्यक रहेको बताए । उनले मोवाइल फोनबाट उत्पादन हुने विकिरणले मस्तिकघात, क्यान्सर, ब्रेन ट्युमरजस्ता रोग निम्ताउने बताए । मोवाइलबाट निस्कने रेडिएसन रोक्नका लागि इन्भाइरो चिप उपयोगी हुने जोशीले बताए ।

चिपलाई मोवाइलको पछाडीपट्टी टाँस्ने जसले इलेक्टोनिक म्याग्नेटिक रेलाई शुद्ध पार्ने काम गर्ने भएकाले मानव स्वास्थ्यमा असर नगर्ने उनले बताए ।
ईष्टर्न स्याटलाइटकी सञ्चालक विना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत स्याटलाइटका सञ्चालक जलकुमार गुरुङले गरेको कार्यक्रममा पूर्व सांसद सुधिरकुमार शिवाकोटी, पूर्व जनप्रतिनिधि लोकबन्धु कन्दङ्वा, भद्रपुर नगर प्रमुख जीजनकुमार श्रेष्ठ, व्यवसायी, वि द्यार्थी, लगायतको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *