डडेल्धुरा जीप दुर्घटना घाइतेको सङ्ख्या ९ पुग्यो

डडेल्धुरा – डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते हुनेको सङख्या ९ पुगेको प्रहरीले जनाएको छ ।
मंगलबार स्थानीय देबलदिव्यपुरबाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप सदरमुकाम नजिकैको आइतबजारमा दुर्घटना भएको हो ।

 

जीपमा सवार चालक सहित १४ जना मध्ये ९ जना घाइते भएका छन् ।

घाइते सबैको उपचार उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *