बहिनीको अन्तिम संस्कारमा आएका दाजुको पनि निधन

१६ पुस, तनहुँ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको अन्तिम संस्कारका लागि आएका दाजुको पनि निधन भएको छ ।

बहिनीको दाहसंस्कारका लागि दमौली आएका ऋषिङ गाउँपालिका ७ दधिवनका भक्तबहादुर थापाको निधन भएको हो ।

दमौलीको अनसन चौतारा क्षेत्रमा हिँड्दै गरेका थापा बेहोस भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।

शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी १८ वर्षिय प्रमिशाको ग ११ प ५५०२ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु भएपछि थापा उनको अन्तिम संस्कारका लागि आइतबार दमौली आएका थिए ।

म्याग्दे गाउँपालिकाको निर्मलबस्तीमा दुर्घटनामा घाइते भई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकी प्रमिशाको मणिपाल शिक्षण अस्पताल पोखरामा शनिबार राति निधन भएको थियो ।

यो पनि पढ्नुहोस।

https://koshidarpan.com/2018/12/30/2382/

Leave a comment

Your email address will not be published. Required fields are marked *