प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका २५ समाजिक परिचालक पक्राउ

धनुषा – प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका २५ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई मंगलबार दिउँसो १२ बजे मुख्यमन्त्री कार्यालयको अगाडिबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

गएको असारबाट कामबाट निकालिएका प्रदेश २ का ८ सय ५४ जना सामाजिक परिचालकहरु पुनर्बहालीको माग गर्दै गएको साउन २७ गतेबाट सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् ।

उनीहरुले निरन्तर मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएर नाराबाजी गर्ने गरेका छन् ।

नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने सहितको दुई बुँदे समाजिक परिचालकहरुको छ ।लामो सयम थोरै तलब भत्तामा भए पनि जनताको सेवा गरेको, तर सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *