झापामा ११ करोड लागतमा वाटरपार्क निर्माण हुने, स्थानिय उत्साहित

१७ पुस, झापा । पर्यटनको प्रसस्त संभावना रहेको झापाको शिवसताक्षीमा ११ करोड लागतमा वाटर पार्क निर्माण हुने भएको छ । सताक्षीधाम, दोमुखा, चिल्लागढ पोखरी जस्ता धार्मीक तथा पर्यटकिय क्षेत्र रहेको शिवसताक्षी नगरमा अर्को वाटर किङ्गडम पार्क प्रालि थपिएपछि नगरवासी रोजागरीको समेत अवसर थपिएको भन्दै उत्साहित देखिएका छन । स्थानियले भने वाटर पार्क स्थापना भएपनि नगरमा पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष फाईदा पुग्ने छ ।

झिलझिले देखी ५ सय मिटर दक्षीणमा स्थानिय राजकुमार संग्रौलाले अत्याधुनिक प्रकृतिको वाटर किङ्गडम पार्क प्रालि स्थापना गर्न लागेका हुन । यो कन्स्ट्रक्सनमा एनसाईसी एसीया वैक वैकिङ्ग पाट्नर रहेको छ । निजी स्वामित्तमा रहेको दुईविगाह जग्गा क्षेत्रमा वाटर पार्क निर्माणहुने कम्पनिका संचालक संग्रौलाले वताए । उनका अनुसार चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सवै उमेर समुहका लागि स्वीमिङ्ग पुल, डान्स वाटर पार्क लगायतका संरचना निर्माण हुने छन । जानकारका अनुसार संगौलाले निर्माण गर्न लागेको पानिकै मात्र शुद्ध वाटर पार्क संभवत नेपालमै पहिलो पटक निर्माण हुन लागेको हो ।

संघिय सांसद एलपि साँवा लिम्वुले एक कार्यक्रमका विच सो पार्कको सोमवार विहान शिलान्यस गरेका छन । शिवसताक्षी नगरमा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउन संग्रौलाको योगदान रहने भन्दै सांसद साँवाले राजकुमार संगौला सफल उद्यमी भएको टिप्पणी गरे । वाटर पार्क अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने संचालक संग्रौलाले वताए । पार्कमा पानिकै मात्र ८ वटा आईटम हुने छन । स्वीमिङ्ग पुल, वेभ पुल, स्लाईड का ५ आईटम र सावर डान्स पनि पार्क भित्र रहने छन ।

पानि द्धारा संचालन हुने संरचना निर्माणका लागि भारतिय कंपनिलाई ठेक्का दिईएको छ भने अन्य संरचनाका लागि विके कस्ट्रक्सनलाई ठेक्का दिईएको छ । ठेकेदार कम्पनिका अनुसार अन्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने वाटर पार्क नेपालकै नमुना र नम्बर वान हुने दावि छ ।
वाटर पार्क भित्र दुईवटा भिन्ना भिन्नै आवास सहितको होटल संचालन हुने छन । पार्क संचालक संग्रौलाका अनुसार एउटा होटल साहाकारी भोजनालय संचालन हुने छ भने अर्कोमा मांसाहारी होटल संचालन हुने छ । अवको तीन महिनामा संचालन हुने उक्त वाटर पार्कमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *