आज राष्ट्रपति बिद्यादेवि भण्डारी सुरुङ्गा आउदै

१८ पुस,सुरुङ्गा । राष्ट्रपति बिद्यादेवि भण्डारी आज सुरुङ्गामा आउनुहुने भएको छ ।
कनकाई नगरपालिका ३ स्थित योगमाया पार्क तथा यस क्षेत्रका जनताद्धारा जिल्लामै सर्बोकृष्ट तरिकाले गरिएको पिच बाटोको उद्घाटन गर्न राष्ट्रपति भण्डारी झापा सुरुङ्गा आज आउन लाग्नुभएको हो ।

सुरुङ्गामा यस क्षेत्रका जनताले कनकाई नगरपालिकासगको समन्वयमा पिच बाटो र राणा कालमा सतीप्रथाको बिरुद्धमा आत्मदाह गर्ने शाहसी नारी योगमाया न्यौपानेको शालिक निर्माण गरि गाउँकै नाम योगमाया नामकरण गरेका हुन । योगमाया टोल पुर्वपश्चिम राजमार्ग सुरुङ्गा चोकदेखि १ किलोमिटर दक्षिणमा पर्दछ । यस अघि यस टोललाई टप्पु भनिने गरिएको थियो । शाहसिक महिलाको शालीक नेपालकी प्रथम महिला राष्ट्रपतिको हातबाटै उद्घाटन गर्ने उद्धेश्यका साथ यस क्षेत्रका महिलाले लामो समय कुरेपछि राष्ट्रपतिको बाहुलीबाट शालिक अनावरणको मौका मिलेको र  राष्ट्रपतिको आज सुरुङ्गामा आउने भएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *