जापानमा हुने नेपाल आइडल सिजन-२ लाइभ कन्सर्टको तयारी पुरा

१८ पुस, जापान । जापानमा नेपाल आइडल सिजन २ लाइभ कन्सर्टको तयारी पुरा भएको छ।

नेपाल आइडल सिजन २ फाइनलका कलाकारहरुको विदेश  यात्राको पहीलो कन्सर्ट जापानबाट सुरु हुने भएकाले त्यसको तयारी पुरा भएको हो। जापानका लागी कन्सर्टको आयोजना रेक्सपेक्ट एण्ड राईजले गर्दैछ। त्यसका लागि अग्रिम टिकट बिक्री धमाधम भइरहेको आयोजकले जनाएको छ। कन्सर्टका लागि अग्रीम टिकट खरीद गरेमा ४००० एन र कन्सर्टकै दिन हलमा खरीद गरेमा ४५०० एन मूल्य तोकिएको छ।

जापानका ३ शहरहरुमा हुने कन्सर्टका तालीका निम्न अनुसार छन् :

Schedule of Nepal Idol Tour
Jan 2nd – Fukuoka Program
Jan 4th – Nagoya Program
Jan 5th – Tokyo Program

नेपालमा भइरहेको महिला हिंसाबिरुद्ध माईती नेपालद्वारा सञ्चालित अभियानलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले आयोजना हुन लागेको उक्त कन्सर्टमा उपस्थित भएर सहयोग गरिदिन आयोजकले सबैमा अनुरोध गरेको छ।

 

नेपाल आइडल बिजेतालाई जापानमा भव्य स्वागत
कन्सर्टका लागि नेपाल आइडल बिजेता मंगलबार जापान आइपुगिसकेका छन्। नेपाल आइडल सिजन २ का विजेता रवि ओडसहित फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी जापान आइपुगेका हुन्। उनीहरु चारै जनालाई जापानको फुकुओकामा भव्य स्वागत गरिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *