भोजपुर–काठमाडौँ सातै दिन उडान हुने

२१ पुस, भोजपुर । काठमाडौँ उडान थप गरिएको छ ।
यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी जानकारी दिए ।

यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।(रासस)

Leave a comment

Your email address will not be published. Required fields are marked *