सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २२ जना घाइते

२३ पुस, नवलपरासी । पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका – ११, बाहुनेकुना सोमबार बिहान बस पल्टि“दा २२ जना घाइते भएका छन् ।

घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । कालिकोट मानमा खर्चना गाउ“पालिका–२ बस्ने ५० वर्षीय  धर्मबहादुर शाही गम्भीर घाइते हुनुभएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रीत भई पल्टि“दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी  जनाएको छ  ।

दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ३४ जना यात्रु सवार रहेको बसमा १२ जना भने सकुशल रहेको प्रहरीले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *