शिक्षक सेवा आयोगद्धारा खुल्ला विज्ञापनको कापी परीक्षण शुरु

२३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले सोमबारबाट खुल्ला विज्ञापनको कापी परीक्षणको काम शुरु गरेको छ । काठमाडौं उपत्यकाका छुट्टा-छुट्टै तीन स्थानमा कापी परीक्षण शुरु गरीएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

 

काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय सँगै भक्तपुर स्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताए । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ ।

गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रक्रियागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको भन्दै परीक्षा लिएको तीन महिना पछि मात्रै बल्ल कामी परीक्षणको काम अघि बढाइएको हो ।

आईतबार काठमाडौं उपत्यकाको लिखित परीक्षाको नतिजा प्रकाशन गरे सँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम पुरा भएको छ ।

Read more: https://www.merostudy.com/nepali-post/17439/

Leave a comment

Your email address will not be published. Required fields are marked *