१५ वर्षीया बालिका बलात्कार गर्ने चारजना पक्राउ

२७ पुस, भक्तपुर । भक्तपुर प्रहरीले १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चार युवालाई बिहीबार पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जिल्लाको मध्यपुर थिमी नगरपालिका ३ मा उदयपुर त्रियुगा नपा ८ घर भई हाल काठमाडौं बस्दै आएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा चार युवालाई पक्राउ गरिएको हो।

पक्राउ गरिएकाहरुमा उदयपुर घर भई हाल मध्यपुर थिमी नपा ३ गठ्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षकै सुशील कार्की र रौतहटको चन्द्रपुर १ घर भई हाल मध्यपुर थिमी नपा १ लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले उदयपुरको त्रियुगा नपा ८ घर भई हाल काठमाडौं बस्ने ती बालिकालाई चार युवाहरुले पुस २४ गते दिउँसो आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरी दिएको जानकारी दिए।

पुस ३५ गते भक्तपुर प्रहरीमा परेको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ती चारैजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

उनका अनुसार नियन्त्रणमा लिइएका युवाहरुई बिहीबार नै जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *