रुपन्देहीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, प्रहरी जवान घाइते

२९ पुस, रुपन्देही । रुपन्देहीमा प्रहरीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करले गोली हानेपछि जवाफी कारवाहीमा एकजनाको मृत्यु भएको हो । उनको सनाखत भएको छैन ।

तस्करको गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले बताएको छ । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको यूपी ५३ एच २०२८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *