सेमिफाइनलमा नेपालले इन्डोनेसियासँग खेल्दै

४ माघ, काठमाडौं ।थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले फाइनल प्रवेशका लागि इन्डोनेसियासँग टर्डथाइ क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’बाट नेपालले एक खेल पनि नहारी चारै खेलमा शतप्रतिशत जितसहित सेमिफाइनलमा प्रवेश गरेको टिम हो । यता, इन्डोनेसियाले भने समूह ‘बी’ मा तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो ।

त्यस्तै, नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा युएईलाई पनि ६ विकेटले नै पराजित गरेको थियो । आफ्नो अन्तिम खेलमा थाइल्यान्ड ए लाई नेपालले ९ विकेटले पराजित गरेको थियो । आजको खेलमा पनि जित हात पार्दै नेपाल फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *