धादिङमा गाडी दुर्घटना, ४ यात्रु , ४ सय बढी कुखुराको मृत्यु

४ माघ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा ट्रक र कुखरा बोकेको महेन्द्र बलेरो आपसमा ठेक्कीदा ४ जना घाइते भएका छन् भने करिव ४ सय बढी कुखुरा मरेका छन् ।पाल्पाबाट काठमाडौंका लागि हिडेको लु १ च ९८२६ नम्बरको बलेरो र काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ४९७० नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

घटनास्थलमा खटिएका प्रहरी नायव निरीक्षक मोहन थापाका अनुसार बलेरोमा सवार नवलपरासीका सहचालक सन्त महतो र चालक गैडाकोटका रोसन गुरुङ घाइते भएका छन् । सहचालक महतोको अवस्था गम्भीर छ । चितवन मंगलपुरका ट्रकका चालक विकास मगर र विजय मगर सामान्य घाइते छन् ।तीब्र गतिमा रहेको बलेरो विपरिततर्फबाट आएको ट्रकसँग जुधेको हो

Leave a comment

Your email address will not be published. Required fields are marked *