आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सारिँदै

६ माघ, काठमाण्डाै । शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका डाक्टर गोविन्द केसीलाई वार्डमा सार्ने तयारी भएको छ ।

केसीले आईसीयूमा भन्दा आफूलाई वार्डमा नै राख्न आग्रह गरेकाले सार्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । अरु बिरामीले आईसीयूमा शैय्या नपाएको भन्दै केसीले आफूलाई वार्डमा सार्न आग्रह गरेका उहाँका समर्थकले बताएका छन् ।

यस्तै उहाँको स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट पनि केहीबेरमा सार्वजनिक गर्ने तयारी छ । केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ ।

डाक्टर गोविन्द केसीको समर्थनमा आइतबार देशभरका आवासीय डाक्टरले कालाेपट्टी बाँधेर विरामी जाँचिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *