चन्द्रागिरीमा हिमपात

९ माघ, काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी हिल्समा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भैरहेको पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो पनि बढ्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *