एसिया कप छनोटमा नेपालले दियो ओमानलाई २२१ रनको लक्ष्य

१३ भाद्र, एजेन्सी । एसीसी एसिया कप छनोट प्रतियोगितामा पहिलो खेल  नेपाल र ओमान बीच भैरहेकोछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

खेलमा नेपालले ओमनलाई २२१ रनको लक्ष्य दिएको छ, जसमा सर्बाधिक रन सागर पुनले एक्लैले ८३, ज्ञानेन्द्र मल्लले ४५, अरिफ सेखले ३६ रनको योगदान नेपालका  लागी दिएका थिए भने अन्तीम ३ ओबर मात्र खेलेका करन केसीले २५ रन (नट आउट) नेपालको लागी जोड्न सफल भएका छन ।

नेपालले ९ विकेटको क्षतीमा ५० ओवरमा २२१ रनको लक्ष्य ओमनको लागी दिएको हो, अब ओमनले नेपालले दिएको लक्ष्यलाई पछयाउदै केही बेरमा दोस्रो ईनीङ खेल्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *