तेह्रथुममा भीषण आगलागी १ करोड ५० लाखको क्षति

११ माघ, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ बसन्तपुर बजारमा बिहीवार भएको आगलागीबाट अन्दाजी १ करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

अपरान्ह पौने ५ बजे सोही स्थान बस्ने लाल बहादुर याखाको घर भाडामा लिएर सुनसरी रामधुनी नगरपालिका(२ घर भएका छेदन साहले संचालन गरेको किराना पसलमा संगै बिक्रिको लागि राखेको पट्रोलबाट अचानक आगलागी भएको थियो । आगलागीबाट साहको ढुंगा माटोले बनेको, टिनको छानो भएको २ तले घर पसलमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा सोही पसलमा काम गर्दै आएका वर्ष ५० को गोपाल गुरुङको हात तथा खुट्टा जलेर घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

आगो फैलिन नदिनको लागि संगै रहेको रेणुका खड्का र मीनकुनमारी गुरुङको २ वटा घर भत्काएर दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणा लिईएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *