डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी

११ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै विवेकशील नेपाली दलका नेताहरुले शुक्रबार सामूहिक गिरफ्तारी दिएका छन् । नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा लगी राखेको छ ।

गिरफ्तारी दिनेमा  विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *