बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु

१२ माघ, बारा । बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले  जानकारी दिए ।

 

बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *