आहा रारा गोल्डकपको पुरस्कार वृद्धि

१३ माघ, पोखरा। सहारा क्लबद्वारा सञ्चालित मोफसलको चर्चित आहा रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा हुने १७ औँ संस्करणको सो प्रतियोगताको विजेताले यसपटक रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगर पुरस्कार जिल्नेछन् ।

अघिल्लो पटकको सो प्रतियागिताअन्तर्गत विजेताले रु सात लाख एक हजार र उपविजेताले रु तीन लाख ५१ हजार नगद प्राप्त गरेको सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सराहा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार फुटबल प्रतियोगितालाई थप महत्व प्रदान गर्न पुरस्कारको राशिमा वृद्धि गरिएको हो । निर्माणाधिन पोखरा रङ्गशालामा आवश्यकताअनुसार अस्थायी प्याराफिट बनाएरै पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइ राख्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता हुने छ भने विदेशी टिमको छिनोफानो हुने क्रममा रहेको आयोजकले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगताबाट रु एक करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ रु ३२ लाख दुई हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले जानकारी दिनुभयो ।

यस्तै एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान वापत रु ३५ हजार प्रदान गरिने सो प्रतियोगितामा सर्वाधिक गोलकर्ता, फेयर प्ले र विधागत पुरस्कारसमेत प्रदान गरिने छ । खेलकूदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबले फुटबलबाट भएको आम्दानीबाट पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमी सञ्चालन गरी विपन्न तथा कठिन परिस्थितिका २८ बालकलाई फुटबल सिकाएर आवासीय सुविधा प्रदान गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *