पौवादुम्मामा मिरा राई कम्युनिटी हल बन्दै

१५ माघ, भोजपुर । चर्चित महिला धावक मिरा राईको जन्मथलो भोजपुर पौवादुम्मामा मिरा राई कम्युनिटि सभाहल बन्ने भएको छ । प्रदेश नम्बर १ का सरकार शेरधन राई, स्थानीय तथा देशविदेशमा रहनुहुने नेपालीहरुको सहयोगमा सो हल बन्ने भएको हो । करिव ६५ लाख लागतमा निर्माणमा बन्ने सो हलको लागि काम सुरु भईसकेको निर्माण समितिका संयोजक नुतन राईले जानकारी दिनुभयो ।

संयोजक राईको अनुसार हाल निर्माणको काम सुरु भईसकेको छ । देशकै नाम राख्न सफल मिराको योगदानको कदर गर्दै भोजपुर आउने आगन्तुक खेल गतिविधी जानकारी गराउनका साथै कार्यक्रम गर्न सहजताको लागि सो हल निर्माण गर्न लागिएको हो । गाउँमा भब्य र स्तरीय कार्यक्रम गर्न सो हलबाट सहजता मिल्ने निर्माण समितिले विश्वास लिएको छ । निर्माण कार्यको लागि देशविदेशमा हुनुहने सहयोगी दातामा सहयोगको समेत आशा राखिएको निर्माण समितिले जनाएको छ । थप जानकारीको लागि संयोजक नुतन राईलाई ९८१७३७२७३७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *