यूएईविरुद्ध दोस्रो टी २० आज : नेपाललाई सिरीज जोगाउने माैका

यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो टी–२० खेल शुक्रबार खेल्दैछ ।

बिहीबार भएको टी २० सिरीज को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । सिरीज जोगाउनका लागि नेपालले शुक्रबार यूएईलाई हराउनै पर्नेछ ।

एक दिवसीय सिरिज २–१ ले जितेको नेपाल टी–२० सिरिजको पहिलो खेलमा भने पराजित भयो । दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा खेल दिउँसो पौने तीन बजे  सुरु हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *