केही विद्यालय आजैदेखि बन्द

बिमस्टेक सम्मेलनका लागि काडमाडौं उपत्यकाका धेरैजसो निजी विद्यालय आज बन्द भएका छन् । गाडी भएका ७० प्रतिशत विद्यालय बन्द भएका हुन् ।

गाडीबाट विद्यार्थी ओसार्नु पर्ने धेरैजसो विद्यालय आजैदेखि बन्द भएका निजी तथा आवासीय अर्गनाइजेसन नेपाल प्याब्सनले जनाएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाइने भएपछि विद्यालयनै बन्द गर्नु परेको हो ।

बमस्टेक सम्मेलनका लागि  भोलि र पर्सि भने काठमाडौ उपत्यकाका सबै शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँमा हुन लागेको विमेष्टेक सम्मेलनका लागि भोलि र पर्सि उपत्यकाको सबै शिक्षण संस्था बन्द गर्न संघीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिएको हो ।

सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवगमनलाई सुरक्षित, ब्यवस्थित र सहज बनाउनका लागि दुई दिन शिक्षण संस्था बन्द गर्न निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । -Uj

Leave a comment

Your email address will not be published. Required fields are marked *