वरिष्ठ कलाकार बीएस राणा ७८ वर्षको उमेरमा निधन

१८ माघ, काठमाण्डौ । वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ ।

७८ वर्षका राणालाई श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँ चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण चिनिनुहुन्छ । साथै उहाँले ‘चिनो’, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ ।

राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएले भारतको दार्जीलिङमा अध्ययन गर्नुभएको थियो । उहाँले बेलायत, मुम्बईलगायत ठाउँमा पनि रंगमञ्चमा नाटक खेल्नुभएको थियो । उहाँले केही वर्ष अघि कोर्टमार्शलमा अभिनय गर्नुभएको थियो ।

 

साथै टेलभिजन शृङ्खला ‘सिंहदरबार’ मा पनि उहाँको अभिनय रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *