विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ– सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलिरहेका छन् ।

केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए । गत वर्ष प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणीकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानका लागि त्यसको तालिमसमेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ नेपालीलाई’ भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनुभएको छ । अहिले भारत केरलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख गिनिज वल्र्ड रेकर्ड्समा छ । रासस

Leave a comment

Your email address will not be published. Required fields are marked *