ब्रोडब्याडको इन्टरनेट सेवा खुरखुरेमा

  माघ, राप्ती। पूर्वी चितवनको भण्डारा बाट सञ्चालित ब्रोडब्याड सोलुसनले आफनो सेवा खुरखुरेमा पनि विस्तार गरेको छ । विगत १ वर्ष देखि भण्डारा बाट इन्टरसेवाको सेवा दिँदै आएको ब्रोडब्याड सोलुसनले आज देखि खुरखुरेमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

इन्टरनेट सेवा प्रदयक कम्पनी ब्रोडब्याड सोलुसनले राप्ती नगरपालिका भर आफनो सेवाको विस्तार गर्न लागेको कम्पनीका सञ्चालक अनिल अधिकारीले बताए । ब्रोडब्याड सोलुसनले राप्ती नगरपालिका वडा नम्बर ४ मा पनि वडा भर निशुल्न इन्टरनेट सेवाको विस्तार गरिसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *